काठमाडौं । केहि दिनदेखी नेपाली बजारमा लगातार बढेको सुनको मुल्य शुक्रबार भने घटेको छ ।
आज सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी सामान्य घटेको छ । शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।



