सोमबार, कार्तिक १७ गते २०८३
images
images

सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या २० लाख नाघ्यो

एक्सप्रेस पाना
फाल्गुण ११, २०८१ आइतबार
  • 250
    SHARES
  • सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या २० लाख नाघ्यो

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या बढेसँगै योगदान रकम पनि बढेको छ ।

    images

    २०८१ फागुन पहिलो सातासम्म २० लाख २७ हजार नौ सय १५ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएका छन् । फागुन पहिलो सातासम्म कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या २० हजार एक सय ७० जना छन् ।

    कोषका अनुसार असोजमा ६६ अर्ब १८ करोड रुपैयाँ रहेको योगदान रकम फागुन मसान्तसम्म बढेर ७४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । 

    images

    पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि भएको हो ।

    कोषले चैत दोस्रो सातदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको छ । वैदेशिक रोजगारीमा रहेका करिब साढे दुई लाख जना बढी श्रमिक कोषमा आबद्ध भएका छन् । अपौचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीति कोषले लिएको छ ।

    त्यस्तै कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत एक अर्ब ७३ करोड ७३ लाख रुपैया, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत १७ करोड ४० लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २० करोड ७१ लाख रुपैयाँ र अवकाश दाबी रकम ११ अर्ब २९ लाख रुपैयाँ दाबी भुक्तानी परेको छ ।

    समीक्षा अवधिमा १३ अर्ब १२ करोड १५ लाख रुपैयाँ कुल दावी भुक्तानी परेको कोषले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सामाजिक सुरक्षा कोष