शुक्रबार, श्रावण २९ गते २०८३
images
images

‘लाज शरणम्’का निर्माता भन्छन्:चलचित्र विदेशबाट पैसा ल्याउने माध्यम हो

एक्सप्रेस पाना
फाल्गुण १२, २०८१ सोमबार
  • 322
    SHARES
  • ‘लाज शरणम्’का निर्माता भन्छन्:चलचित्र विदेशबाट पैसा ल्याउने माध्यम हो

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । 

    images

    बजेट, लोकेसन र समयमा आफूले कुनैपनि सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको चलचित्रमा पहिलो लगानी हो । यसअघि उनले कला, साहित्य र सिनेमामा लगानी गरेका थिएनन् । रियलस्टेटको व्यापार केही सुस्ताएको बेला चलचित्रमा आए पनि यसलाई निरन्तरता दिने उनको भनाइ छ । 

    ‘लाज शरणम्’को टिम र मेहनत देखेर मैले यो क्षेत्रमा लगानी गरेको हुँ । अब यो क्षेत्रमा प्रवेश गरेपछि म पछि हटदिन चलचित्रमा लगानी गरिरहने हो,’उनले भने । ‘विदेशबाट पैसा ल्याउने माध्यम चलचित्र पनि एक हो । विदेशी चलचित्रले जसरी नेपालबाट पैसा लैजान्छन्, त्यसैगरी विदेशबाट हामीले पनि पैसा ल्याउनुपर्छ,’ निर्माता नवीन भन्छन्,‘हामीले पनि अब चलचित्रबाट विदेशी डलर भित्र्याउनुपर्छ । यसका लागि हामीले राम्रो चलचित्र बनाउनुपर्छ । यसतर्फ हामीले आ–आफ्नो ठाउँबाट सोच्नुपर्छ ।’

    images

    नेपाली चलचित्रलाई डलर भित्र्याउने माध्यमका रूपमा कलाकार, निर्माता र सरकार सबै मिलेर अगाडि बढाउनुपर्नेमा उनको जोड छ । चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

    लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

    विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ । जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # लाज शरणम्’