शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एपीएफ क्लबलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

एक्सप्रेस पाना
फाल्गुण १३, २०८१ मंगलबार
  • 464
    SHARES
  • एपीएफ  क्लबलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

    काठमाडौं । ट्राइबे्रकरमा एपीएफ क्लबलाई पराजित गर्दै संकटा क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    मंगलबार एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको ट्राइब्रेकरमा एपीएफलाई ५–३ ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

    निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दिप कार्कीले असफल पार्दै टोलीलाई जित दिलाए । अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । आजको दोस्रो खेल मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबिच प्रतिष्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

    images

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # केपी ओली कप