आइतबार, भाद्र २८ गते २०८३
images

फाइनल खेलका लागि पूर्णरुपमा तयार छौं:प्रशिक्षक तामाङ

एक्सप्रेस पाना
फाल्गुण १३, २०८१ मंगलबार
  • 545
    SHARES
  • फाइनल खेलका लागि पूर्णरुपमा तयार छौं:प्रशिक्षक तामाङ

    काठमाडौं । इन्टरनेशल वुमेन्स च्याम्पियिनसिपको फाइनल खेल भोली (बुधबार)हुँदै छ ।  

    images

    खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ६ बजेबाट सुरु हुने खेलमा उपाधिको लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ ।

    फाइनल खेलअघि मंगलबार भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानारको खेल हेरेर अध्ययन गर्ने मौका पाएको हुनाले सजिलो भएको भन्दै अब फाइनलको तयारी भईरहेको बताए । 

    images

    उनले भने, ‘हामीलाई दुईवटा खेल जितेर फाइनल पुग्नु थियो, त्यसपछि म्यानारको लागि हामीले एउटा छुट्टै खालको संरचना बनाएका थियौं । उनीहरुको खेल हेरेर हामीले अध्ययन गर्ने मौका पायौं उनीहरुको बलियो पक्ष कहाँ छ र कमजोर पक्ष कहाँ छ भनेर त्यसले गर्दा पनि सजिलो भयो । अब फाइनलको तयारी हुदैँछ ।’

    यसको साथै, नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले आजसम्म सिल्भरमा नै रहेको भन्दै भोलीको खेल गोल्ड मेडलको लागि खेल्ने बताईन् । 

    यसअघि नेपाल र म्यानमारबीच भएको लिग चरण अन्तर्गतको अन्तिम खेल २– २ को बराबरीमा सम्पन्न भएको थियो । चार देश सम्लिति रहेको उक्त प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित, लेबनान, र्किगिस्तान र म्यानमारले सहभागीता जनाएका हुन् ।

    फिफा वरियातमा म्यानमार ५५औँ स्थानमा रहेको छ भने नेपाल १०३ औँ स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # राजेन्द्र तामाङ