आइतबार, भाद्र २८ गते २०८३
images

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप:नेपाललाई हराउँदै म्यानमारले जित्यो उपाधी

एक्सप्रेस पाना
फाल्गुण १४, २०८१ बुधबार
  • 529
    SHARES
  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप:नेपाललाई हराउँदै म्यानमारले जित्यो उपाधी

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाललाई हराउँदै म्यानमारले उपाधी जितेको छ । 

    images

    बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा म्यानमारले खेलको दोस्रो हाफमा २-० गोलअन्तरले उपाधी जितेको हो ।

    फाइनल खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यान्मारले नतिजा निकालेको हो ।

    images

    लिग चरणमा अपराजित रहँदै फाइनलमा स्थान बनाएका नेपाल र म्यानमार यसअघि पनि एकअर्कासँग भिडिसकेका थिए ।

    योसँगै नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३औं फाइनलमा पनि हार बेहोरेको हो ।