शुक्रबार, श्रावण २९ गते २०८३
images
images

केपी ओली कप:दोस्रो सेमिफाइनल आज

एक्सप्रेस पाना
फाल्गुण १७, २०८१ शनिबार
  • 228
    SHARES
  • केपी ओली कप:दोस्रो सेमिफाइनल आज

    काठमाडौं । काठमाडौँमा जारी केपी ओली कपको दोस्रो सेमिफाइनल खेल आज हुदैछ ।

    images

    दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग मछिन्द्र क्लब भिड्दै छ । 

    आयोजक केपी ओली एफसीले न्यूरोड टिमलाई हराउदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

    images

    यसअघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

    अब त्रिभुवन आर्मीले फाइनलमा आयोजक केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ ।  प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुदै छ ।

  • सम्बन्धित विषय:

  • # केपी ओली कप