आइतबार, भाद्र २८ गते २०८३
images

ला– लिगामा रियल म्याड्रिड स्तब्ध

एक्सप्रेस पाना
फाल्गुण १८, २०८१ आइतबार
  • 261
    SHARES
  • ला– लिगामा रियल म्याड्रिड स्तब्ध

    काठमाडौं । आइतबार भएको ला लिगामा रियल म्याड्रिड स्तब्ध भएको छ । 

    images

    रियल बेटिसले रियललाई २–१ ले हराएको हो । इस्कोले आफ्नो पूर्व क्लबविरुद्ध विजयी गोल गरे ।

    खेलको १० औं मिनेटमा रियलले अग्रता लियो । किलियन एम्बाप्पेले फर्लान्ड मेंडीलाई पास दिए र उनले ब्राहिम डियाजलाई खाली पोस्टमा सजिलै गोल गर्न अवसर मिलाइदिए।

    images

    रियलले अग्रता दोब्बर गर्ने केही अवसर पायो‌ । सफल भएन । तर ३४औं मिनेटमा इस्कोको कर्नरबाट जोनी कार्डोसोले हेडरमार्फत बराबरी गोल गरे ।

    बेटिसका कप्तान इस्कोले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । उक्त पेनाल्टी एन्तोनियो रुडिगरले बक्सभित्र जिसस रोड्रिगेजलाई फाउल गरेपछि बेटिसले पेनाल्टी पायो ।

    यो सिजन ला लिगामा समान ५४ अंक जोडेको बार्सिलोना दोस्रो र रियल तेस्रो स्थानमा छ । 

  • सम्बन्धित विषय:

  • # रियल म्याड्रिड
  • # ला– लिगा