काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य स्थिर रहेको छ ।
आज सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो ।



