शनिबार, आश्विन २४ गते २०८३
images

आर्मी क्लबलाई हराउँदै मछिन्द्रले जित्यो केपी ओली कपको उपाधी

एक्सप्रेस पाना
फाल्गुण १९, २०८१ सोमबार
  • 493
    SHARES
  • आर्मी क्लबलाई हराउँदै मछिन्द्रले जित्यो केपी ओली कपको उपाधी

    काठमाडौं । त्रिभुवन आर्मी क्लब लाई हराउँदै मछिन्द्र क्लब केपी ओली कपको च्याम्पियन बनेको छ । 

    images

    सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा २-० गोलले आर्मीलाई हराउँदै मछिन्द्रले उपाधी जीतेको हो । 

    केपी ओली कपको पहिलो, दोस्रो संस्करण जितेको मछिन्द्रले तेस्रो संस्करणको उपाधि पनि आफ्नो पक्षमा पारेको हो ।

    images

    मच्छिन्द्रले खेलमा पहिलो हाफमा आत्माघाति गोलमार्फत अग्रता लियो। २९ ‍औं मिनेटमा एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठको क्रसलाई आर्मीका डिफेन्डर विमल पाण्डेले क्लियर गर्ने प्रयासमा आफ्नै पोस्टमा गोल गर्न पुग्दा आर्मी खेलमा पछि पर्न पुगेको थियो।

    दोस्रो हाफमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो। ७२ औँ मिनेटमा मच्छिन्द्रका लागि स्टेफन जमाहाले अग्रता दोब्बर बनाए।

     

  • सम्बन्धित विषय:

  • # केपी ओली कप