शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एउटा कुलमानलाई सरकारले लखेटे हजारौँ कुलमान लिएर आउने छौं :मनिष झा

एक्सप्रेस पाना
फाल्गुण २१, २०८१ बुधबार
  • 625
    SHARES
  • एउटा कुलमानलाई सरकारले लखेटे हजारौँ कुलमान लिएर आउने छौं :मनिष झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले नेपाल विद्युत् प्राधिकरणमा सरकारले आफ्नो कार्यकर्ता नियुक्ति गर्नको लागि राम्रो काम गरिरहेको कुलमान घिसिङलाई निष्कासनको बहाना खोजिरहेको टिप्पणी गरेका छन्।

    images

    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले प्राधिकरणलाई फाइदामा पुर्‍याउने कुलमानलाई कार्यसम्पादनमा शून्य अंक दिएकोप्रति असन्तुष्टि जनाउँदै विभिन्न बहनामा सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न पाएन भनेर कुलमानलाई निष्कासन गर्न खोजिएको बताएका हुन् ।

    उनले एउटा कुलमानलाई सरकारले लखेटे हजारौँ कुलमान लिएर आउने चेतावनी समेत दिए । 

    images

    उनले भने,"कुलमान घिसिङजस्तो प्राधिकरणलाई फाइदामा पुर्याउनेहरुलाई सरकारले मूल्याङ्कन जिरोमा गर्छ। र विभिन्न बहनामा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएन भनेर उनलाई निष्कासनको बहाना र परिपञ्चहरु सिर्जना गरिरहेको छ। त्यसैले सरकारलाई खबरदार पनि भन्न चाहन्छौँ एउटा कुलमानलाई लेखट्यौँ भने हामी हजारौँ कुलमान लिएर आउने छौँ ।"

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # मनिष झा