आइतबार, भाद्र २८ गते २०८३
images

युगाण्डामा हुने महिला टी–२० आई क्रिकेट खेल्न जाने नेपाली महिला टोलीको बिदाइ

एक्सप्रेस पाना
फाल्गुण २१, २०८१ बुधबार
  • 603
    SHARES
  • युगाण्डामा हुने महिला टी–२० आई क्रिकेट खेल्न जाने नेपाली महिला टोलीको बिदाइ

    काठमाडौं । युगाण्डामा हुने महिला टी–२० आई शृंखलाका लागि नेपाली महिला टोलीको बिदाइ गरिएको छ ।

    images

    बुधबार नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक कार्यक्रमबिच महिला टोलीको बिदाइ गरिएको हो ।

    मार्च ६ देखि मार्च १७ सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली युगान्डा, नामिबिया र हङकङबीच प्रतिस्पर्धा हुनेछ । नेपालले आफ्नो पहिलो म्याच भने नामिबियासँग मार्च ८ मा खेल्ने छ ।

    images

    इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको गरिएको छ । टोलिमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट रहेका छन् । 

    कार्यक्रममा क्यानका सचिव पारस खड्कालगायतका पदाधिकारीको उपस्थिति थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाली महिला टोली
  • # महिला टी–२० आई क्रिकेट