काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल को मुख्य प्रायोजक एनसेल बनेको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमबिच तेस्रो सिजनको प्रतियोगिताका लागि एनएसएल र एनसेलले सम्झौता गरेका हुन् ।
एनएसएलका अध्यक्ष आश्रेता चौधरी र एनसेलका चिफ कमर्सियल अफिसर उमैर मोहसिनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रतियोगितामा ७ टोली सहभागिता हुने छन् । नेपाल सुपर लिग आउँदो चैत २९ गतेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।



