आइतबार, भाद्र २८ गते २०८३
images

युगान्डामा जारी महिला टी–२० आई सिरिजमा नेपाल नामिबियासंग पराजित

एक्सप्रेस पाना
फाल्गुण २४, २०८१ शनिबार
  • 466
    SHARES
  • युगान्डामा जारी महिला टी–२० आई सिरिजमा नेपाल नामिबियासंग पराजित

    काठमाडौं । युगान्डामा जारी महिला टी–२० आई क्रिकेट शृंखलामा नामिबियासंग नेपाल पराजित भएको छ।

    images

    शनिबार युगान्डामा भएको खेलमा नामिबियाले नेपाललाई डिएल पद्धतिअनुसार ६ विकेटले हराएको हो । 

    नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाउँदा पानी परेर खेल रोकिएको थियो । 

    images

    वर्षा रोकिएपछि नामिबियालाई डिएल पद्दतिका आधारमा १५ ओभरमा ७१ रनको लक्ष्य प्राप्त भएको थियो ।

    नामिबियाले उक्त लक्ष्य १५ ओभरमा ४ विकेट गुमाउँदै ७१ रन पुरा गरेको हो । नेपालका लागि पूजा महत्तो, कविता जोशी, कप्तान ईन्दु वर्मा र ईश्वरी विष्टले एकएक विकेट लिए ।

    त्यस अघि नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो। 

    नेपालका लागि ओपनर सम्झना खड्काले १८ रन बनाइन् भने ईश्वरी विष्ट १७ रनमा अविजित रहिन् । कविता जोशीले १६ बनाउँदा पूजा महतोले १३ रन जोडिनन् ।