आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी–२० आई शृंखलामा आज नेपालले युगाण्डाको सामना गर्दै

एक्सप्रेस पाना
फाल्गुण २५, २०८१ आइतबार
  • 218
    SHARES
  • महिला टी–२० आई शृंखलामा आज नेपालले युगाण्डाको सामना गर्दै

    काठमाडौं । युगाण्डामा जारी महिला टी–२० आई क्रिकेट शृंखलामा नेपालले आज घरेलु टोलि युगाण्डासंग खेल्दै छ ।

    images

    आइतबार युगाण्डा हुने खेल नेपाली समय अनुसार १२:४५ बाट सुरु हुनेछ । 

    शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । 

    images

    प्रतियोगितामा नेपाल, घरेलु टोली युगान्डा, नामिबिया र हङकङबीच प्रतिस्पर्धा हुनेछ । 

    इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली युगाण्डामा छन् । टोलिमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट रहेका छन् । 

     

  • सम्बन्धित विषय:

  • # महिला टी–२० आई शृंखला