काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नेपालले युगाण्डाविरुद्ध टस जितेर पहिले बलिङ गर्दैछ ।
आइतबार युगाण्डा हुने खेलमा युगाण्डाविरुद्ध टस जितेर नेपालले पहिले बलिङ गर्ने भएको हो ।
पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । उक्त सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् ।


