शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुरा मात्र गरेर देश र समाजको प्रगति हुँदैन्:मन्त्री सिंह

एक्सप्रेस पाना
फाल्गुण २५, २०८१ आइतबार
  • 283
    SHARES
  • कुरा मात्र गरेर देश र समाजको प्रगति हुँदैन्:मन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेहनत नै नगरी कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताएका छन् ।

    images

    आइतबार सिद्धेश्वर माध्यमिक विद्यालयको ७७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रगतिको जनचाहना पूरा गर्न मेहनत गर्नुपर्नेमा जोड दिएका हुन् । उनले २००७ मा प्रजातन्त्र स्थापनापछि दूरदराजगका गाउँमा शिक्षको ज्योती पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको पनि बताए । 

    उपप्रधानमन्त्री सिंहले सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशिलता अपरिहार्य रहेकोमा पनि जोड दिए । 

    images

    ‘हामीसँग भएको चीजको महत्व नबुझ्ने, अरु ठाउँमा अरु देशमा भएको कुरामा मात्रै आकर्षित हुने प्रवृत्ति बढेको छ । जे हामीसँग छ, त्यसैलाई सुधार गरेर हामी अगाडि बढ्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ,‘मेहनत गरेको खण्डमा त हामीले केही प्रगति गर्न सकौँला । मेहनतनै नगरिकन, कुरा मात्र गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न सकिँदैन ।’

    अहिले अवसर पाएर पढिरहेका विद्यार्थीले समाजका लागि के गर्न सक्छौं भन्ने सोच्न पनि उनले आग्रह गरे । पाठ्यक्रमको शिक्षाले आधार बनाउने भन्दै उपप्रधानमन्त्री सिंहले प्रगतिका लागि भने आफ्नो रुचीको क्षेत्रमा लगनशिलताका साथ मेहनत गरे सफलता प्राप्त हुने बताए ।

     

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह