आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी–२० आई क्रिकेट:युगाण्डालाई हराउँदै नेपाल विजयी

एक्सप्रेस पाना
फाल्गुण २५, २०८१ आइतबार
  • 523
    SHARES
  • महिला टी–२० आई क्रिकेट:युगाण्डालाई हराउँदै नेपाल विजयी

    काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा युगाण्डालाई हराउँदै नेपाल विजयी भएको छ । 

    images

    आइतबार युगाण्डामा भएको खेलमा युगाण्डालाई १ विकेटले हराउँदै नेपाल विजयी भएको हो । 

     ७५ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । 

    images

    नेपालका लागि ओपनर साना प्रविणले १७ रन बनाउँदा पूजा महताले १६ रन जोडिन् । रुविना क्षेत्रीले १० रन बनाइन भने अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । 

    त्यसअघि टस हारेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनाएको थियो । 

    युगान्डाका लागि इम्माकुलेट नाकिसुयीले २२ र स्टेफानी नामपिनाले १४ रन तथा मलिसाले ११ रन जोडिन् ।

    नेपालका लागि पुजा महतोले ३ तथा इन्दु बर्माले २ विकेट लिए ।

     

  • सम्बन्धित विषय:

  • # महिला टी–२० आई क्रिकेट