शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको हो:विश्वप्रकाश शर्मा

एक्सप्रेस पाना
फाल्गुण २५, २०८१ आइतबार
  • 387
    SHARES
  • कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको हो:विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको र रोजगारी सिर्जना हुन थालेको दाबी गरेका छन् । 

    images

    उनले नेपाली कांग्रेसका पूर्व सभापति एवंम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अंगिकार गरेको अर्थनीतिको कारण आजको यो अवस्था आएको बताएका हुन् ।   

    उनले भने, ‘बल्ल रोजगारीको विषयमा छलफल भएको भ्रम नरहोस्, प्रतिकुलता र अस्थिरताको बिचमा  सामाजिक न्याय सहितको उदार अर्थ व्यवस्थाको नीति  जुन नेपाली कांग्रेसले अंगिकार गरेको नीतिले पनि न्यूनरुपमा सहि रोजगारीको जे जस्ता अवस्था सिर्जना भएका छन् । निजी क्षेत्रको जुन रुपमा विकास भएको छ नेपाली कांग्रेस पार्टी खुलेआम दावा गर्छ । यसलाई जि.वी भन्दा फरक पर्दैन । गिरिजाप्रसाद कोइरालाले लिएको नीतिको कारणले हो ।’

    images

    उनले संसद पाँच वर्ष टिक्ने र सविधान संसोधनको लागि छलफल गरिरहेको पनि बताए । 

    नेपाली कांग्रेसले “राजनीतिक विमर्शको केन्द्रमा रोजगार – सरकारको प्राथमिकतामा रोजगार“ भन्ने लक्ष्यका साथ “मिसन रोजगारी“ अभियान सञ्चालन गरेको छ ।

    आइतवार (आज) नेपाली कांग्रेस पार्टी कार्यालय तथा  नेपाली कांग्रेस  पुस्तकालय तथा स्रोत केन्द्रको समन्वयमा संचालन हुने यस अभियानको उद्घाटन भएको हो । 

  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा