काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नेपालले आज हङकङको सामना गर्दै छ ।
खेल नेपाली समय अनुसार अपराहन्न ४:४५ बजेदेखि शुरु हुनेछ । नेपालले यस सिरिजमा खेलेका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली युगाण्डामा छन् । टोलिमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट रहेका छन् ।


