आइतबार, भाद्र २८ गते २०८३
images

हङकङले नेपाललाई दियो १०१ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण २६, २०८१ सोमबार
  • 440
    SHARES
  • हङकङले नेपाललाई दियो १०१ रनको लक्ष्य

    काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा हङकङले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ । 

    images

    सोमबार युगाण्डामा जारी खेलमा टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय रन बनाएको हो । 

    हङकङका लागि ओपनर नताशा माइल्सले सबैभन्दा बढी ३५ रन बनाइन्। मारिको हिलले २१ रन बनाउँदा चाङ का यिङले १२ रन बनाइन्। 

    images

    बलिङमा नेपालका इश्वरी विष्ट र कप्तान इन्दू बर्माले २-२ विकेट लिए।