काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नेपाल हङकङसंग पराजित भएको छ ।
सोमबार युगाण्डामा भएको खेलमा नेपाललाई २ रनले हराउँदै हङकङ विजयी भएको हो ।
१०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि कप्तान इन्दु बर्माले ३२ रन बनाउँदा पूजा महतोले २८ बलमा २ चौका प्रहार गर्दै १९ रन बनाइनन् । त्यसैगरी ओपनर साना प्रवीन १० रन र बिन्दु रावलले १७ बलमा १४ रनको योगदान गरिन्।
त्यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय रन बनाएको थियो ।
हङकङका लागि ओपनर नताशा माइल्सले सबैभन्दा बढी ३५ रन बनाइन्। मारिको हिलले २१ रन बनाउँदा चाङ का यिङले १२ रन बनाइन्।
बलिङमा नेपालका इश्वरी विष्ट र कप्तान इन्दू बर्माले २-२ विकेट लिए।


