काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कोशीमाथि मधेसले सानदार जित निकालेको छ ।
मङ्गलबार सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा मधेसले कोशीलाई १६५ रनले पराजित गरेको हो ।
२८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा ११९ रन बनाएर अलआउट भएको हो ।
कोशीका लागि शकिब हकले २५ रन बनाए भने सुजन थपलियाले २४ रन जोडे ।
मधेसका लागि रुपेश सिंहले ५ विकेट लिए भने राजेश यादवले ३ तथा हरिशङ्कर शाह र प्रदीप पाश्वानले १र१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ६ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । मधेसका लागि पवन सरार्फ ९२ रन बनाए भने अनिलले ७५ रन बनाए । दीपेश भने ५६ रनमा अविजित रहे ।
कोशीका लागि विपिन महतो र प्रकाश केसीले २-२ तथा फिर्दोश अन्सारी र दीपेश कँडेलले १-१ विकेट लिए ।



