काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नेपालले आज नामिबियाको सामना गर्दै छ ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज नेपालले आज नामिबियासंग खेल्न लागेको हो ।खेल नेपाली समय अनुसार अपराहन्न १२:४५ बजेदेखि शुरु हुने छ ।
यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
नेपालले मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।


