आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी–२० आई क्रिकेट शृंखलामा नेपाल नामिबियासंग पराजित

एक्सप्रेस पाना
फाल्गुण २८, २०८१ बुधबार
  • 473
    SHARES
  • महिला टी–२० आई क्रिकेट  शृंखलामा नेपाल नामिबियासंग पराजित

    काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नेपाल नामिबियासंग पराजित भएको छ । 

    images

    बुधबार युगाण्डामा भएको खेलमा नेपाललाई २३ रनले हराउँदै नामिबियाले जित निकालेको हो ।  

    १२६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा  ५ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सक्यो । 

    images

    यो हारसंगै नेपाल नामिबियासँग दोस्रो पटक पराजित भएको हो ।

    नेपालका लागि साना प्रवीनले सर्वाधिक ३१ रन बनाइन् भने कविता जोशीले अविजित रहँदै १७ रन जोडिन् । त्यस्तै कप्तान इन्दू बर्मा र पूजा महतोले समान १५–१५ रन बनाए ।  

    त्यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । 

    नामिबियाको लागि यसमीन खानले ४५ रन बनाउँदा अरस्ता डिएरगार्टले १६ र  विल्का एम्वाटिलले २० रन बनाइन् । 

    नेपालको लागि इश्वरी विष्टले ३ विकेट लिएकी थिइन् भने रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया श्रेष्ठले एक एक विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # महिला टी–२० आई क्रिकेट