काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नेपालले आज युगाण्डाको सामना गर्दै छ ।
युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत बिहिबार हुने खेल नेपाली समय अनुसार यो खेल अपराहन्न ४:४५ बजेदेखि शुरु हुनेछ ।
यस सिरिजमा नेपालले खेलेका ४ खेलमा एक जित र ३ हार व्यहोरेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक र हङकङसँग एक पटक हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो ।
यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।


