आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी–२० आई क्रिकेटमा नेपालले आज हङकङसँग खेल्दै

एक्सप्रेस पाना
चैत्र १, २०८१ शुक्रबार
  • 271
    SHARES
  • महिला टी–२० आई क्रिकेटमा नेपालले आज हङकङसँग खेल्दै

    काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा आज समूह चरणका अन्तिम खेलमा नेपालले आज हङकङको सामना गर्दैछ । 

    images

    खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।

    हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ । नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ ।

    images

    नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ ।

    शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।

    नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # महिला टी–२० आई क्रिकेट