शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ:पूर्वराष्ट्रपति भण्डारी

एक्सप्रेस पाना
चैत्र १, २०८१ शुक्रबार
  • 321
    SHARES
  • कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ:पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्ने बताएकी छन् । 

    images

    शुक्रबार हिमवत्खण्ड कला साहित्य, संस्कृति सम्मेलनमा बोल्दै उनले विभिन्न देश वा समुदायका संगीत, चलचित्र, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउने बताएकी हुन् ।

    उनले भनिन्, ‘विभिन्न देश वा समुदायका संगीत, चलचित्र, पुस्तक, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउँछ । कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्दछ । जसले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ ।’

    images

    साथै उनले हिमवत्खण्ड अन्तर्गत नेपालसहित भारत, सिकिम्म, दार्जिलिङ, भुटान, म्यानमार लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषिहरुले हाम्रा समुदायका साझा भाषा,संस्कृति, धर्म, मूल्यमान्यता र पहिचानको रक्षा गरेको बताइन् ।

    उनले  हिन्दु, किँरात,बौद्धजस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषिहरुको जिवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको समेत बताइन् । 

    उनले भनिन्, ‘हिमवत्खण्ड अन्तर्गत नेपालसहित भारतको सिकिम्म, दार्जिलिङ, भुटान, म्यानमार लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरुले हाम्रा समुदायका साझा भाषा, संस्कृति,धर्म, मूल्यमान्यता र पहिचानको रक्षा गर्नु भएको छ । हिन्दु, किँरात, बौद्धजस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषिहरुको जीवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको छ ।’

  • सम्बन्धित विषय:

  • # विद्यादेवी भण्डारी