काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा तेस्रो स्थानका लागि हुने नेपाल र हङकङ बीचको खेल रद्द भएको छ।
आइतबार युगाण्डामा तेस्रो स्थानका लागि नेपाल र हङकङबिच हुने खेल वर्षाको कारण रद्द भएको हो ।
नेपाली समय अनुसार अपराहन्न १२ः ४५ बजेदेखि शुरु हुने खेल बर्षाको कारण टस समेत हुन सकेन ।
नेपालले प्रतियोगिताको ६ खेलमा २ खेल जितेको छ भने ४ हार व्यहोरेको छ । यससँगै नेपाली टिमको लागि यो प्रतियोगिता सकिएको छ।


