आइतबार, भाद्र २८ गते २०८३
images

जुम्लाकी राममाया बुढाले जितिन् गोल्डेन ट्रेल नेशनल सिरिज

एक्सप्रेस पाना
चैत्र ४, २०८१ सोमबार
  • 271
    SHARES
  • जुम्लाकी राममाया बुढाले जितिन् गोल्डेन ट्रेल नेशनल सिरिज

    काठमाडौं । हिमाली दुर्गम जिल्ला जुम्लाबाट खेल क्षेत्रमा उदाएकी राममायाले गोल्ड टे«ल नेशनल सिरीज उपलब्धिसँगै नेपालको खेलकुद क्षेत्रमा नयाँ उचाइ थपेकी छन् ।

    images

    जुम्लाको पातारासी गाउँपालिका–२ की बुढाले ग्रोल्डेन ट्रेल नेशनल सिरिजको पहिलो पोडियम स्थान हासिल गरी एक ऐतिहासिक सफलता प्राप्त गरेकी हुन् । राममायाले कैलाश फुगा २७ माइलको गोल्डेन ट्रेल सिरिजमा शानदार प्रदर्शन गर्दै यो जित हासिल गरेकी हुन् ।

    यो जानकारी एसिया पेसेफिक एड्भेन्चर एथलेटिक्सले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । उनको यो सफलताले स्थानीय समुदायमा उत्साह छाएको छ भने देशभरबाट बधाई र शुभकामना दिने शुभचिन्तकहरुको ओइरो लागेको छ ।

    images

    कैलाश फुगा २७ माइलको प्रतिस्पर्धा निकै कठिन र चुनौतीपूर्ण मानिन्छ र यसमा राममायाको विजयले उनको लगन, मेहनत र दृढ संकल्पलाई उजागर गरेको देखिन्छ । यो जितले जुम्लाको पातारासी गाउँपालिकालाई मात्र नभैइ जुम्ला जिल्ला हुदैँ कर्णाली प्रदेशको पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको छ ।

    राममायाको सफलताले नेपालका ग्रामीण क्षेत्रका युवाहरूलाई खेलकुदमार्फत आफ्नो पहिचान बनाउन प्रेरणा दिने विश्वास गरिएको छ । उनको यो कीर्तिमानले नेपाली महिलाहरूको साहस र क्षमतालाई समेत थप प्रकाशमा ल्याएको छ ।

  • सम्बन्धित विषय:

  • # गोल्डेन ट्रेल नेशनल