शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेस मुख्य सचेतक घिमिरेले संसदबाटै मागे माफी

एक्सप्रेस पाना
चैत्र ६, २०८१ बुधबार
  • 258
    SHARES
  • कांग्रेस मुख्य सचेतक घिमिरेले संसदबाटै मागे माफी

    काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिप्रति सदनबाटै माफि मागेका छन् । 

    images

    गत आइतबार देशको विकास र पर्यटकहरुको वृद्धिका लागि यौन व्यवसायलाई कानुनी रुपमा मान्यता दिनुपर्ने बताएका थिए । यसप्रति धेरै टिकाटिप्पणी भएपछि बुधबार बसेको प्रतनिधिसभाको बैठकबाटै उनले माफि मागेका हुन् ।  

    उनले भने, ‘यही चैत्र ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष रुपमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा कांग्रेस पार्टी र संसदीय दलको आधिकारीक धारणा पनि होईन । यस विचारले संसदका सदस्यहरु र जन समुदायमा समेत नकारात्मक प्रभाव परेको परेको उहाँहरुसँग क्षमायाचना चाहन्छु ।’

    images

    घिमिरेले आफूले रोखेको अभिव्यक्ति पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणामात्र भएको पनि प्रष्ट पारे । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # श्याम घिमिरे