काठमाडौँ । पार्टीले कारबाही गरे सर्वोच्चमा मुुद्दा हाल्ने नेपाल पक्षधर सांसदहरुले चेतावनी दिएका छन् । नेकपा एमालेका २२ सांसदले आफूहरुमाथि कारबाही गरिए फेरि मुद्दा हाल्ने चेतावनी दिएका हुुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि केन्द्रीय कमिटी बैठकबाट स्पष्टीकरण सोधिएका २२ सांसदले आफूहरुलाई कारबाही गरे मुद्धा हाल्ने चेतावनी दिएका हुन्।
सोमबार बसेको १० औं केन्द्रीय कमिटी बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर, उक्त स्पष्टीकरणको पत्र आफूहरुकहाँ नपुगेको माधव नेपाल समूहका सांसदले बताए। स्पष्टीकरण सोध्ने निर्णय सुनिए पनि हालसम्म पत्र भने नआएको उनीहरुले बताए। तर, स्पष्टीकरणको पत्र आएमा फेरि सर्वोच्च अदालतमा मानहानीको मुद्दा हालिने उनीहरुले चेतावनी दिए।
सर्वोच्च अदालतले नै विश्वासको मतदानका लागि सांसदहरु स्वतन्त्र रहेको व्याख्या गरेको अवस्थामा पार्टीले स्पष्टीकरण सोधी कारबाही गरेमा उक्त व्याख्याको मानहानी भएको भन्दै सर्वोच्चमा पुनः मुद्दा हालिने माधव नेपाल समुुहका एक सांसदले बताएका छन् ।
सर्वोच्च अदालतले संविधानको ७६ को ९५० अनुसार सदनमा सांसदलाई दलको ह्वीप नलाग्ने व्याख्या गरिसकेकाले आफूहरूलाई कुनै कारबाही गर्न निमल्ने माधव समूहका सांसदको दावी छ। सोमबार बसेको केपी ओली पक्षको बैठकले माधवकुमार नेपालसहित २२ सांसदलाई अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।


