शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको अनुगमन

एक्सप्रेस पाना
चैत्र ७, २०८१ बिहीबार
  • 283
    SHARES
  • उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको अनुगमन

    काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा निर्माण भइरहेको प्यारापिटको अवलोकन गरेका छन् ।

    images

    बिहीबार बिहान उपप्रधानमन्त्री सिंहसहित खेलकुदमन्त्रीको टोली प्यारापिट निर्माणको काम अवलोकन गर्न कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको पुगेको हो । 

    उपप्रधानमन्त्री सिंहले अवलोकनको क्रममा काम छिटो सक्न ८ घन्टाको दरले तीनै सिफ्टमा काम भइरहेको उल्लेख गर्दै वैशाखको २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न हुने बताए । 

    images

    उनले भने,"क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो छ, समयमै काम सक्नका लागि ८ घन्टाका दरले तीन सिफ्टमा काम पनि भइरहेको छ " । 

    गत फाल्गुन २० गतेबाट सुरु गरिएको किर्तिपुरस्थित टियु क्रिकेट मैदानको प्यारापिट बढाउने काम धमाधम भइरहेको छ ।

    २०८२ वैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण काम अघि बढाइएको मन्त्रालयले जनाएको छ। १० हजार सिट क्षमताको प्यारापिट बन्नेछ भने ६ वटा फ्लड लाइट जडान गरिनेछ। 

  • सम्बन्धित विषय:

  • # त्रिवि क्रिकेट मैदान
  • # प्रकाशमान सिंह