आइतबार, भाद्र २८ गते २०८३
images

आईपीएल:मुम्बइ इण्डियन्सलाई पराजित गर्दै चेन्नइ सुपर किंग्सको विजयी सुरुवात

एक्सप्रेस पाना
चैत्र ११, २०८१ सोमबार
  • 292
    SHARES
  • आईपीएल:मुम्बइ इण्डियन्सलाई पराजित गर्दै चेन्नइ सुपर किंग्सको विजयी सुरुवात

    काठमाडौं । रचिन रविन्द्र र कप्तान रितुराज गाइकाडको अर्धशतक सहयोगमा मुम्बइ इण्डियन्सलाई पराजित गर्दै चेन्नइ सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ। 

    images


    आइतबार राति भएको खेलमा मुम्बईलाई ४ विकेटले पराजित गर्दै सुपर किंग्सले आइपीएलमा विजयी सुरुवात गरेको हो। १ सय ५६ रनको लक्ष्य पाएको चेन्नईले ५ बल अगावै ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    चेन्नइका लागि ओपनर रचिन र कप्तान रितिराजको अर्धशतक खेले । ओपनर रचिन ६५ रनमा अविजित रहे भने रितिराजले ५३ रन बनाए । 
    मुम्बईका भिगनेसले ३ विकेट लिए। दिपक चाहार र विल ज्याक्सको नाममा समान एक विकेट रह्यो। 

    images

    त्यसअघि मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रनको बनाएको थियो।  


    मुम्बइका लागि तिकल बर्माले बनाएको ३१ रन नै सर्वाधिक रह्यो। कप्तान सुर्यकुमार यादव २९ रन बनाउँदा आउट भए। नमन धिरले १७ र रायन रिकेन्टोनले १३ रन थपे। मिचेल सान्टनरले ११ रन बनाए। 

    चेन्नइका नुर अहमदले ४ विकेट लिए भने खलिल अहमदले चार ओभरमा २९ रन दिएर ३ विकेट झारे।  नाथन एलिस र रविचन्द्रन अश्विनले समान एक विकेट लिए।

  • सम्बन्धित विषय:

  • # आईपीएल: