शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

एक्सप्रेस पाना
चैत्र ११, २०८१ सोमबार
  • 259
    SHARES
  • संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको छ । 

    images

    आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्या सम्बोधनलाई ध्यान दिने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताएका हुन् । 

    उनले भने, ‘नेपाली कांग्रेस पार्टीको कार्यसम्पादन समिति बैठक आज सम्पन्न भएको छ । यसले  विविध विषयहरुमा छलफल गरेको छ । सर्वप्रथम नेपाली कांग्रेस पार्टीको कार्यसम्पादन समिति बैठकले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको रक्षामा पूर्ण प्रतिवद्धताको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ यसप्रति पूर्ण प्रतिवद्धता जाहेर ग¥यो । संविधानमार्फत नै जनताका आवश्यकता र समस्या र महत्वाकांक्षालाई सम्बोधन गर्न सकिने निर्णय गरेको छ ।’ 

    images

    साथै गणतान्त्रिक मोर्चाको पक्षमा पनि कांग्रेस नरहेको उनले बताए । बैठकले स्ववियु निर्वाचनमा नेविसंघबाट निर्वाचितहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेको समेत महतले बताए ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस