शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रिय क्रिकेट टिमको जर्सीका लागि प्रायोजकका खोजीमा क्यान

एक्सप्रेस पाना
चैत्र ११, २०८१ सोमबार
  • 262
    SHARES
  • राष्ट्रिय क्रिकेट टिमको जर्सीका लागि प्रायोजकका खोजीमा क्यान

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको जर्सीका निम्ति प्रायोजकको खोजी सुरु गरेको छ । राष्ट्रिय पुरुष टिमको जर्सी प्रायोजनका निम्ति क्यानले सोमबार (चैत ११)दरखास्त आह्वान गरेको हो । 

    images

    राष्ट्रिय टिमको जर्सीका निम्ति कुनै संस्था वा कम्पनीले एक वर्षको कम्तीमा दुई करोड रुपैयाँ प्रायोजन गर्नुपर्छ । तीन वर्षको अवधि रहने गरी हुने उक्त सम्झौताअनुसार वार्षिक १० प्रतिशत प्रायोजन रकम बढ्ने क्यानले जनाएको छ ।

    क्यानले बोलपत्रको समयावधि अप्रिल ११ सम्म राखेको छ । बोलपत्र आह्वानमा सहभागी हुने कम्पनीले ३० हजार रुपैयाँ डिपोजिट गर्नुपर्ने क्यानले जनाएको छ ।

    images

    486575444_1096335862522793_1038611892297112286_n.jpg

  • सम्बन्धित विषय:

  • # क्यान
  • # राष्ट्रिय क्रिकेट टिम