काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई हटाउने निर्णय गरेको हो ।
यसअघि सरकारले कुलमानलाई तीन पटक स्पष्टीकरण सोधेको थियो ।
घिसिङ दोस्रो पटक २०७८ साउन २५ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।



