काठमाडौं । दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गर्दै इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ।
सोमबार राती सिम्पन्न खेलमा २१० रनको लक्ष्य पछ्याएको दिल्लीले ३ बल अगावै ९ विकेट गुमाउँदै जित निकालेको हो।
दिल्लीको जितमा आशुतोष शर्माले सर्वाधिक ६६ रनको अविजित पारी खेले। भिपराज निगमले ३९ र त्रिस्तानले ३४ रन जोडे भने फाफ डु प्लेसिसले २९ रन बनाउँदा कप्तान अक्षर पटेलले २२ रन बनाए।
त्यस्तै लखनउका लागि शार्दुल, सिद्धार्थ, दिग्वेश र बिश्नोईले दुई–दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन बनाको थियो । लखनउका लागि निकोलस पुरनले ७५ र मिचेल मार्शले ७२ रन बनाए । त्यस्तै डेभिड मिलरले २७ रन बनाए। त्यस्तै दिल्लीका बलर मिचेल स्टार्कले ३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए ।


