आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले आज मलेसियासँग खेल्दै

एक्सप्रेस पाना
चैत्र १२, २०८१ मंगलबार
  • 277
    SHARES
  • नेपालले आज मलेसियासँग खेल्दै

    काठमाडौं । एएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । 

    images

    मंगलबार मलेसियामा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेलमा नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राख्ने लक्ष्यमा छ । मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिङ्गापुरलाई १–० गोलले हराएको थियो । 

    नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताएका छन् । खेलअघि सोमबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक रोसले मलेसिया बलियो र राम्रो टोली भएको उल्लेख गर्दै नेपाली खेलाडीको प्रदर्शन पनि कम नहुने बताए । 

    images

    यस्तै नेपालका कप्तान किरण चेम्जोङले मलेसियालाई घरेलु मैदानको साथ रहेपनि नेपाली सर्मथकको साथमा राम्रो प्रदर्शन गर्ने बताए । 

    फिफा वरीयातमा मलेसिया एक सय ३२औँ र नेपाल एक सय ७५औँ स्थानमा छ । नेपालले अहलेसम्म मलेसियालाई हराउन सकेको छैन । 

  • सम्बन्धित विषय:

  • # एसिएन कप