शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे:प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
चैत्र १२, २०८१ मंगलबार
  • 478
    SHARES
  • कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे:प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कार र जादुको रुपमा ब्याख्या गर्न खोजेको बताएका छन् । 

    images

    मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा बोल्दै उनले अध्यक्ष प्रचण्डले लोडसेडिङ आफूले हटाएको दावी गरेको भन्दै प्रमिथस बन्न खोजेको आरोप लगाएका हुन् । 

    उनले भने, "उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो, चिसो थियो । पृथ्वीका मान्छेहरुलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरुमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो । ती मित्रले त्यस्तै गरेर ब्याख्या गर्नुभएछ । उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभो । अघिल्लो चार वर्षको कार्यकाल पूरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो । त्यसबेला ल्याउनुभएको थियो कि ।  उहाँले नियुक्ती गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर आउनुभयो कि ? बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रुपमा, जादुको रुपमा व्याख्या गर्ने ? कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।"

    images

     

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # कुलमान घिसिङ
  • # अध्यक्ष प्रचण्ड
  • # प्रमिथस