काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल मलेसियासँग पराजित भएको छ ।
मंगलबार राति सम्पन्न खेलमा नेपाल मलेसियासँग २-० गोल अन्तरले पराजित भएको हो । मलेसियाले दुवै हाफमा एक एक गोल गरेको हो ।
योसँगै पुरुष फुटबलमा नेपालले मलेसियालाई अहिलेसम्म पराजित गर्न असफल भएको छ । अहिलेसम्म यो खेलसहित नेपाल र मलेसियाबीच ८ खेल भए भने जसमा नेपाल मलेसियासँग ७ पटक पराजित भएको छ भने एक पटक बराबरी खेलेको छ ।
फिफा वरियतामा मलेसिया १३२औं र नेपाल १७५ औं स्थानमा छन् ।



