शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विद्युत प्राधिकरण अगाडि कुलमानका समर्थकहरूले गरे प्रदर्शन

एक्सप्रेस पाना
चैत्र १३, २०८१ बुधबार
  • 396
    SHARES
  • विद्युत प्राधिकरण अगाडि कुलमानका समर्थकहरूले गरे प्रदर्शन

    काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरुको समूहले  बुधबार प्राधिकरण अगाडि विरोध प्रदर्शन गरेको छ । 

    images

    कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि स्वतन्त्र युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् । उनीहरुले  विरोध प्रदर्शनमा विद्युत प्राधिकरण डुबाउन पाइँदैन, कुलमान घिसिङ पुनः नियुक्ती गर,  केपी ओली मुर्दावाद जस्ता नारा लगाएर प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ । विपक्षी दलहरुले संसदमा समेत अवरोध गरिरहेका छन् ।

    images

    Photo (6) (25).jpg

    Photo (9) (28).jpg

    Photo (4) (37).jpg

    Photo (3) (34).jpg

    Photo (14) (20).jpg

    Photo (13) (20).jpg

    Photo (11) (23).jpg

    Photo (10) (33).jpg

    Photo (1) (61).jpg

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ