शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध,बैठक स्थगित

एक्सप्रेस पाना
चैत्र १३, २०८१ बुधबार
  • 337
    SHARES
  • प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध,बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । 

    images

    बुधबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न नसके पछि स्थगित भएको हो ।

    त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।

    images

    यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेट अघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका थिए । तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । 

    सभामुख घिमिरेका अनुसार अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा