काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट गैरकानुनी रुपमा हटाइएको भन्दै कुलमान घिसिङले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
बुधबार घिसिङको तर्फबाट लोकमणि पोखरेल मार्फत कुलमान सर्वोच्च गएका थिए । उक्त रिट बिहीबार रिट दर्ता भएको हो ।
घिसिङले आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणलगायतलाई विपक्षी बनाएर रिट हालेका छन् ।
सर्वोच्चले अध्ययनपछि उक्त रिट दर्ता गरेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो ।



