शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट 'हेर्न नमिल्ने' मा

एक्सप्रेस पाना
चैत्र १७, २०८१ आइतबार
  • 298
    SHARES
  • कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट 'हेर्न नमिल्ने' मा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा परेको छ  ।

    images

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको यो रिट हेर्न नमिल्नेमा परेको सर्वोच्च अदालतले जनाएको छ । दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा पेसी तोकिएको थियो ।

    यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन आदेश दिएको थियो । साथै सो इजलासले पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जवाफको माग गरिएको थियो ।

    images

    कुलमानले सरकारले बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदरको माग गर्दै अन्तरिम आदेशको माग गरेर बिहिबार रिट दायर गरेका थिए । त्यस्तै विहिबार नै शाक्यले यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको सेवा सुबिधा माग गर्दै रिट दायर गरेका थिए । 

    गत सोमबार कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ।

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # हितेन्द्रदेव शाक्य