शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपा सभापतिमा फर्किए रवि,पार्टीको केन्द्रीय समितिको आजको बैठकमा सहभागी हुने

एक्सप्रेस पाना
चैत्र १८, २०८१ सोमबार
  • 228
    SHARES
  • रास्वपा सभापतिमा फर्किए रवि,पार्टीको केन्द्रीय समितिको आजको बैठकमा सहभागी हुने

    काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । 

    images

    रवि सोमबार हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ । बैठक आज पार्टी कार्यालयमा दिउँसो ३ बजे  बस्दैछ ।

    ‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्ने गरी पहिलो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’

    images

    लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ । त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन÷महाधिवेशन कार्यतालिकामा पनि छलफलको एजेण्डामा छ ।

    पुस ८ मा बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डोलप्रसाद अर्याललाई दिएको थियो । सहकारीको रकम अपचलनको मुद्दामा लामिछानेलाई २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो ।

    ४ सहकारीको रकम अपचलनको मुद्दामा अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । रिहा भएपछि लामिछाने पार्टी क्रियाकलापमा सक्रिय थिएनन् ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने