काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज सुन तोलामा १८ सय रुपैँयाले बढेर तोलाको एक लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । सोमबार सुन तोलामा एक लाख ७७ हजार ९ सय रुपैयाँका कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार पनि चाँदीको सोही मूल्यमा कारोबार भएको थियो ।



