शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

एक्सप्रेस पाना
चैत्र १९, २०८१ मंगलबार
  • 354
    SHARES
  • प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । 

    images

    मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बैंककमा हुने बिमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।


    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,"सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन संवत् २०८१ चैत १९ गते थाइल्याण्डतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।"

    images

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह