शुक्रबार, भाद्र २६ गते २०८३
images

काठमाडौं महानगर भित्रको विवाद सतहमा, गुरागाईँ हाजिर गर्न जाँदा घम्साघम्सी

एक्सप्रेस पाना
चैत्र २१, २०८१ बिहीबार
  • 441
    SHARES
  • काठमाडौं महानगर भित्रको विवाद सतहमा, गुरागाईँ हाजिर गर्न जाँदा घम्साघम्सी

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र कर्मचारीहरुबिचको विवाद सतहमा देखिएको छ ।

    images

    प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ विहीबार कार्यालय प्रवेशका क्रममा देखिएको दृश्यले यसलाई पुष्टि गरेको छ । 

    तीन महिना १४ दिनपछि कार्यालय फर्केका गुरागाईलाई मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्न खोजेपनि उपमेयर सुनिता डंगोल, कर्मचारी र वडाध्यक्षहरुको सहायतामा हाजिरी गराइएको छ । 

    images

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामा हाजिर गर्ने वातावरण बनाइदिन पत्र पठाएको ठ्याक्कै एक महिनापछि विहीबार उनी महानगरपालिका पुगेका हुन् ।

    गुरागाईं कार्यालय पुग्दा मेयर साहले गुरागाईंलाई रोक्नको लागि नगरप्रहरी परिचालन गरेका थिए भने उनको कार्यकक्ष ताल्चा पनि लगाइ दिएका थिए । 

    सोही क्रममा कर्मचारी र नगरप्रहरीबीच नै मुठभेड पनि भएको थियो । उपप्रमुख डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारीले उनलाई स्वागत गरेका थिए ।

    प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा प्रवेश गर्नखोज्दा केहीबेर ठेलामठेल भएको थियो । कार्यकक्षमा लगाइएको ताला फुटाउन खोज्दा नगर प्रहरीले अवरोध गरेका थिए ।

    वडाध्यक्ष र प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई नगरप्रहरीलाई रोकेपछि बोर्ड बैठक हलमा उपप्रमुख डंगोल, वडाध्यक्षहरुसहित कर्मचारी बैठक बसेका थिए ।  अनौपचारिक बैठकमा डंगोलले मेयर साहको आलोचना गरेकी थिइन् ।

    उनले हरेक घटनाक्रममा आफूहरु जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह समेत गरिन् ।

    डंगोल, वडाध्यक्ष, वडा सदस्य र कर्मचारीको साथ पाएपछि गुरागाई हाजिर गरेर मन्त्रालय आएका थिए ।

    मेयर बालेनले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरुको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरु पनि असन्तुष्ट बनेका थिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलबभत्ता लिन नपाएको गुनासो गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # सरोज गुरागाईँ