काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
उनलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जका प्रहरीको टोलीले हात्तीगौंडास्थित निवासबाटै पक्राउ गरेको हो । लामिछानेलाई भोलि विहान जहाजमार्फत भैरहवा लगिने प्रहरीले जनाएको छ ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेलगत्तै पक्राउ गर्न प्रहरी उनको बुढानीलकण्ठस्थित घरमै पुगेको थियो ।



